फ्यानले खुट्टा ढोगेपछि रणवीर ओलोचित

अभिनेता रणवीर कपूरको फ्यानसँगको एउटा भिडियो सार्वजनिक भएपछि आलोचना हुन थालेको छ। चलचित्र ब्रम्हास्त्रको लागि भरनासीमा भएका रणवीरलाई भेट्न फ्यान होटल पुगेका थिए, भिडियोमा फ्यानले रणवीरको खुट्टा छोएको देखाइएको छ । यो भिडियो भाइरल भएपछि रणवीरले आफूले आफूलाई भगवान बनाएको भन्दै आलोचना भएको छ।

 

View this post on Instagram

 

Fan meet with #ranbirkapoor ❤

A post shared by Viral Bhayani (@viralbhayani) on


भिडियोमा फ्यानको हातबाट गिफ्ट लिएका रणवीरले होटलको सिटिङ एरियामा बसेर गिफ्ट खोल्दै गर्दा फ्यान भुईमा टुक्रुक्क बसेको देखिन्छन्। रणवीरले फ्यानलाई बस्नको लागि अफर पनि नगरेको भिडियोमा देखिएको छ। रणवीरको यो रवैयापछि उनलाई निष्ठुरी मान्छे भनेर आलोचना गरिएको छ।

विज्ञापन

रणवीर प्रेमीका आलियासँग अहिले ब्रम्हाअस्त्रको सुटिङका लागि भरनासीमा छन्।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू