देवदहमा फेरि एक युवाको हत्या

सांकेतिक तस्बिर

बुटवल– रुपन्देहीको देवदहमा एक जना युवकको हत्या भएको छ । शनिबार राती देवदह नगरपालिका–८ विशालनगरका २८ वर्षिय सुमन थापा वेहोस अवस्थामा फेला परेको र उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षिक दिपक महतले जानकारी दिए । निरीक्षक महतका अनुसार उनको निधार र छातीमा निलडाम देखिएको थियो । प्रहरीले हत्याको आशंका गरेको छ ।

घटनामा सङ्लग्न भएको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । देवदह क्षेत्रमा यस भन्दा अघि पनि युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको हत्या भएको थियो ।

विज्ञापन

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू