गुठी विधेयकविरुद्धको प्रर्दशनमा प्रहरी दमन

काठमाडौँ – गुठी विधेयकको विरोधमा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीमाथि प्रहरीले माइतिघर मण्डलामा दमन गरेको छ ।

राष्ट्रियसभा सचिवालयमा दर्ता भएको विधेयकले हजारौं वर्षदेखि चल्दै आएको गुठी परम्परा र गुठीको जग्गा व्यक्तिकरण गर्न लागेको भन्दै विरोधमा उत्रेका प्रर्दशनकारी माथि प्रहरीले लाठी र पानीको फोहोरा हानेर दमन गरेको हो ।

प्रहरीको लाठी चार्जबाट केही घाइते भएका छन् । अहिल प्रर्दशनकारीले विरोध गरिरहेका छन् ।

जेठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्