हावाहुरीबाट पर्सामा तीनजना घाइते

वीरगञ्ज– शानिबार साँझ आएको हावाहुरीबाट प्रर्सामा तीनजना घाइते भएका छन्।

हावाहुरीका कारण वीरगञ्ज महानगरपालिका १८ भवानीपुर बस्ने २८ वर्षीया रीतादेवी, वडा नम्बर २२ वस्ने ४० वर्षीय लक्ष्मीराम र वडा नम्बर १८ कै समसुद्दिन हवारीकी चार वर्षीया छोरी सबना खातुनको हात भाँचिएर घाइते भएकी छन्।

रीतादेवी हावाहुरी आफ्नै पसलको छानो उडाउँदा घाइते भएकी हुन्। उनी नारायणी अस्पतालमा उपचारपछि घर फर्किएको पर्सा प्रहरीले जानकारी दिएको छ।

यस्तै अर्का घाइते लक्ष्मी रामको वीरगञ्जको गण्डक अस्पतालमा र घाइते बालिका सवुना खातुनको वीरगञ्जको एपोलो अस्पतालमा उपचार भइरहेको प्रहरीेले जनाएको छ।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्