मरिच र डिजेल तस्करी गर्ने दुईजना पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज– प्रहरीले विरगञ्जबाट अवैध मरिचसहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले अवैध मरिचसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाका २६ वर्षीय राजनकुमार तुरहालाई पक्राउ गरेको हो।

सीमा प्रहरी चौकी छप्कैयाबाट खटिएको प्रहरी टोलीले तुरहालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर एक छप्कैयाबाट अवैध मरिचसहित पक्राउ गरेको हो।

तरहाले ना १५ प १७४९ नम्बरको मोटरसाइकलमा मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

मरिच र मोेटरसाईकललाई वीरगञ्ज भन्सार कार्यायमा बुझाइएको  र पक्राउ परेका तुरहालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

यस्तै नेपालबाट भारततर्फ लगिरहेको डिजलसहित एकजनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पचरौता टोल बस्ने १८ बर्षिय रफि आलम रहेका छन् ।आलमले बीआर २२ जे ६१२७ नम्बरको भारतीय मोटरसाईलमा बोकेर भारततर्फ लैजाँदै गरेको १ सय २० लिटर डिजेल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जेठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्