दुईवटा ट्रक आपसमा ठोक्किँदा ५ जना घाइते

फाइल तस्बिर

वीरगञ्ज– बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ दुधौरा पुल नजिकै दुई वटा ट्रक एक–आपसमा ठोक्किँदा ५ जना घाईते भएका छन्।

पूर्व पश्चिम राजमागमा पर्ने दुधौरा पुल नजिकै निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना. ५ ख. ७६६१ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख १९३६ नम्बरको ट्रक ठोक्किएर भएको दुर्घटनामा ५ जना घाईते भएका हुन्।

दुर्घटनामा परि ना ५ ख ७६६१ नम्बरको ट्रकका चालक मोरङको पथरी नगरपालीका वडा नम्बर १० का ४२ वर्षीय दिल बहादुर कटवाल, ट्रकमा सवार मोरङ कानेपोखरी नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय केवल थापा घाइते भएका छन्।

यस्तै ना ६ ख १९३६ नम्बरको ट्रकका चालक रौतहट जिल्लाको चन्द्रपुर नगरपालीका वडा नम्बर ८ घर भएका ३० वार्षीय चालक गजेन्द्र चौधरी, ट्रकमा सवार सोहि ठाउँका १८ वर्षीय धर्मेन्द्र चौधरी र २२ वर्षीय धिरेन्द्र चौधरी घाईते भएका हुन्।

दुर्घटनामा परि घाईते भएका सबैजनाको सिमराको अल्पाईन अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्