हुण्डाई फेष्टिभलका विजेताले पाए हुण्डाईको ‘क्रेटा’ र ‘आई २०’

काठमाडौँ– हुण्डाई अटोमोवाइल्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘हुण्डाई फेष्टिभल डिलाइट, २०७५’ का विजेता भावना केसी र बद्रिकुमार खड्कालाई गाडीको साँचो हस्तान्तरण गरेको छ।

भावनाले ‘आई २०’ र खड्काले ‘क्रेटा’ गाडी जितेका हुन्।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनाल र हुण्डाई मिस फ्रेन्डसिप नैन्सी बोगटीले विजेताहरुलाई साँचो हस्तान्तरण गरेका हुन्।

हुण्डाई फेस्टिवल डिलाईट २०७५ अन्तर्गत हुण्डाई खरिदकर्ताले एकथान क्रेटा, एकथान आई २० डिलाइट १०० जनाले १० ग्राम सुनसहित स्क्यार्च कार्ड मार्फत १ लाखसम्मको नगद छुट प्राप्त गरेका छन्।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्