सुसाइड नोट लेखेर व्यवसायीले गरे आत्महत्या

बिर्तामोड- विर्तामोड झापाका एकजना फर्निचर व्यवसायीले सुसाइड नोट लेखेर झुण्डिएर आत्महत्या गरेका छन्।

विर्तामोड भद्रपुर रोडमा व्यवसाय रहेकै कोठामा व्यवसायी दिपक ढकाल झुण्डिएको अवस्थामा आइतबार बिहान फेला परेका थिए।

प्रहरीले झुण्डिएकै ठाउँमा उनको सुसाइड नोट फेला पारेको छ।

झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले जानकारी दिए।

उनले भने, ‘कुन कुमार भट्टराई हो भन्ने हामी अनुसन्धान गर्दैछौं।’ ढकाल बिर्तामोडमा एक दशकदेखि भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा विपम फर्निचर सञ्चालन गर्दै आएका थिए।

उनका छोरा विपमका अनुसार आइतबार विहान परिवारसँगै खाना खाएर घरबाट हिडेको आधा घण्टामा घटना भएको हो।विपमका अनुसार बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र दिपक ढकाल मिल्ने साथी थिए।

साथीको नाताले उनीहरु विचमा कारोवार पनि हुने गरेको थियो। मृतकका छोरा विपमले बताए अनुसार भट्टराईले बुबालाई लाखौं रमक तिर्न बाँकी थियो। भट्टराईसंग कुरा गर्न खोज्दा उनको मोबाइल फोन बन्द रहेकाले सम्पर्क हुन सकेन।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्