नासो नखोस्नू, बिन्ती छ प्राणेश्वर, ‘शरण-मूनि’।

नासो नखोस्नू
बिन्ति छ प्राणेश्वर
‘शरण-मूनि’।

‘खल्ति’ छामेको
धमाधम निस्किए
महामहिम !

धन्य छ खल्ति
जेपनि अटाउने
झिकिरहन्छु।

खल्तिकै पाएँ
खल्तिबाटै दिने हो
खल्ति भरेर।

ठाउँ कुठाउँ
नेताजीले डामेका
छाडा साँढे छन्।

नुन खानेका
गुन तिर्न पाए पो
सुनका लुर्का !

‘कु…कूटनीति’
सत्ताका हनुमान
‘लङ्का’ जित्‍नुछ।

गणतन्त्र त
रकेट झैँ उड्छ कि
दक्षिणतिर।

बाघ हुँ बाघ
चिडियाघरमा छु
पंक्षी होइन।

हरेक दिन
बाकसमा आउँछ
समृद्ध सूर्य।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्