नाडा अटो शोको स्टल बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं– नाडा अटो शो २०१९ का लागि सोमबार देखि स्टल बुकिङ खुल्ला गरिएको छ। नाडा अटो शोको लागि बुकिङको अवधि भोलीदेखि जेठ ३० गते सम्म रहेको छ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष नाडा अटो शोको आयोजना गर्दै आइरहेको छ। जेठ ३० गते बुकिङको समय सकिएपछि लक्की ड्र गरेर स्टल छनोट हुने नाडाले जानकारी दिएको छ।

अटो शोमा नेपालमा रहेका सबैजसो ब्राण्ड सहभागि हुनेछन्। शोमा चारपांग्रे र दुईपांग्रे बिक्रेता कम्पनी र स्पेयर पार्टस कम्पनीको सहभागिता रहनेछ। साथै नेपालमै उत्पादिन लुब्रिकेन्ट, टायर समेत प्रदर्शनीमा राखिने छ।

जेठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्