आयुर्वेद प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक प्रदेश सभामा प्रस्तुत

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल भएको छ।

प्रदेश सभा सचिवालयमा दर्ता भएपछि कुनै पनि प्रदेश सभा सदस्यले विरोधको सूचना जारी नगरेपछि विधेयक आइतबार सभामा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टेबुल गरेका हुन।

विज्ञापन

विश्वविद्यालय स्तरको मान्यता पाउने गरी प्रदेश सरकारले आयुर्वेद प्रतिष्ठान गठन गर्न विधेयक प्रस्तुत गरेको सामाजिक विकास मन्त्री सुवेदीले बताए। मन्त्री सुवेदीले सुदूरपश्चिममा जडिबुटीको व्यापाक सम्भावना रहेकोले आयुर्वेद प्रतिष्ठान स्थापना गरी त्यसै विषयमा पढाई गर्ने उद्देश्यले प्रदेश सरकारले विधेयक पेश गरेको बताए।

यस्तै मन्त्री सुवेदीले प्रदेश सरकारका तर्फबाट आइतबारको प्रदेश सभाको बैठकमा प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत गरे।

विधेयक माथि कुनै पनि प्रदेश सभा सदस्यको संशोधनको प्रस्ताव नआएकोले सो विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू