काठमाडौँसहित मध्य क्षेत्रमा हावाहुरी र पानी आउने संभावना

फाइल तस्विर ।

काठमाडौँ – काठमाडौंसहित देशको मध्य भागमा हावाहुरी सहित मेघ गर्जनसहित पानी पर्ने संभावना भएकाले सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले मौसमको पछिल्लो अवस्थबारे जानकारी दिँदै सचेत र सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

विज्ञापन

महाशाखाले ट्वीटमा लेखेको छ, ‘भर्खर विकशित भएको प्रणालीको कारण काठमाडौँ लगायत मध्य भूभागका धेरै स्थान हावाहुरी तथा मेघ गर्जन सहित बर्षाले प्रभावित हुने देखिएकाले सतर्क रहन हुन अनुरोध छ ।’

यसअघि बिहीबार राति सुदूरपश्चिम प्रदेश हुँदै आएको हावाहुरीले कैलाली(कञ्चनपुरमा ठूलो जनधनको क्षति गरेको थियो । हावाहुरीमा परेर दुई जनाले ज्यान गुमाएका थिए भने करिब एक सय जना घाइते भएका थिए ।

त्यस्तै शुक्रबार बिहान पनि उपत्यकामा ठूलो हावाहुरी र पानी परेको थियो ।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्