स्मार्ट कृषि गाउँ

खेतबारीमा अब हलगाेरु होइन हाते ट्याक्टर..

दाङ- खेतबारी जोत्‍न गोरु खोज्‍नपर्थ्यो। गोरु नहुनेहरू दिनभरी खेत बारीमा फरुवा खेलाउनुपर्थ्यो। यहि परम्परागत कृषि कर्म गर्दै आएका विकट बस्तिका नागरिकमा खुसिको सीमा थिएन। अब हल गोरु नार्नु पर्दैन।

महिना दिन लगाएर खेति गर्नुपर्दैन।हाते ट्याक्टरबाट खेतबारी जोत्न सकिने भयो। मकै गोड्न १०/१२ जना खेतला लगाउनु पर्दैन। गाउँमा कृषि यन्त्र भित्रएपछि स्मार्ट कृषि गाउँका नागरिक खुसी भएका हुन्।

लमही नगरपालिका वडा नम्बर ९ स्थित हर्दवा स्मार्ट कृषि गाउँमा कृषि औजार पुगेको छ । खेतबारी जोत्न पावर टिलर(हाते ट्याक्टर), मिनि टिलर(सानो हाते ट्याक्टर), मकै गाेड्ने मिनि टिलर, मकै रोप्ने ज्याप प्लान्टर लगायतका कृषि औजार प्रदान गरिएको हो।

`हामीले सोच्न समेत सकेका थिएनौं । हाम्रो गाउँमा सरकारले यति धेरै लगानी गर्छ भनेर। आज हामी धेरै खुसी छौ´किसान गंगाकुमारी घर्तीले भनिन-`हाम्रो गाउँलाई कागति र बाख्रामा नमुना बनाउछौं। सबै क्षेत्रमा स्मार्ट बनाउने भनेका छौ।´

हर्दवा गाउँमा कस्टम हायरिङ्ग सेन्टर स्थापना गरिएको हो। यहाँ राखिएका कृषि औजार किसानले प्रयोग गर्नेछन्। प्रदेश सभा सदस्य रेवतीरमण शर्माले आफ्नो निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनको लागि हर्दवा गाउँ छनोट गरेका हुन।कृषि ज्ञान केन्द्रले स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्वयन गरिरहेको हो। आइतबार हर्दवामा एक कार्यक्रमका बिच कृषि औजार हस्तान्तरण गरिएको छ।

हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक अम्बर कवर योगीको अध्यक्षता तथा प्रदेश सभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांसद रेवतीरमण शर्मा, दामा शर्मा, कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले संयुक्तरूपमा कृषि औजार हस्तान्तरण गरे।

सबै क्षेत्रमा स्मार्ट गाउँ बनाउन कृषि औजार पावर ट्रिलर, मकै गोड्ने, छोडाउने मेसिन हस्तान्तरण गरिएको छ। २५ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको हो। कागती र बाख्रामा नमुना गाउँ बन्न थालेको र यो कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ।

प्रदेश सरकारले प्रदेश सभाको हरेक निर्वाचन क्षेत्रमा ५० लाखको बजेटमा स्मार्ट कृषि गाउँ बनाइएको छ । दाङमा ६ वटा स्मार्ट कृषि गाउँ रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य दामा शर्माले किसानको जीवन स्तर सुधार गर्न स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरिएको बताइन्।

बिशिष्ठ अतिथि प्रदेश सभा सदस्य रेवतीरमण शर्माले विकासलाई सबैले उपभोग गर्ने क्षमता नागरिकमा विकास गर्नु पहिलो दायित्व रहेको बताए।`विकास असन्तुलित हुदा जनता ठगिएका छन´उनले भने-`सन्तुलित विकासको लागि दूरदराज, ठगिएको बस्तिलाई हेरेका छौ।´

कार्यक्रममा नगरप्रमुख कुलबहादुर केसीले कृषि क्षेत्रको विकासको लागि स्थानीय सरकारले प्राथमिकता राखेको बताए।

जेठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्