हावाहुरीले टावरमा क्षति पुर्‍याउदा रेडियोको प्रसारण बन्द

वीरगञ्‍ज- आईतबार साँझ आएको हावाहुरीले बिरगञ्जमा रहेको सामुदायिक नारायणी एफएमको उपकरणमा क्षति पुगेपछि रेडियोको प्रसारण बन्द भएको छ।

पानीसहित आएको हावाहुरीले एफएमको सोलार प्यानल उखेल्नुका साथै टावरसमेत क्षति पुर्‍याएपछि रेको बन्द भएको हो। हावाहुरीका कारण सोलार प्यानल र रेडियोको टावरमा क्षति पुग्दा लाखौ मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासन प्रमुख बिदुर गौतमले जानकारी दिए।

विज्ञापन

टावर तथा सोलार प्यानलमा हावाहुरीले क्षति पुरयाएपछि अहिले रेडियो प्रसारणसमेत बन्द भएको गौतमले बताए ।यसअघि गत चैत १७ गते आएको बिनाशकारी हुरी टोर्नाडोले पनि एफएमको टावर ट्रान्समिटर लगायतका मेशिनरी सामानहरुमा क्षति पुरयाएको थियो।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्