घातक रोगका लागि नेपाल लाइफको ५० लाख बीमा योजना

काठमाडौँ–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले समयको माग र सेवाग्राहीको आवश्यकतालाई दृष्ट्रिगत गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नारा सहित ‘नेपाल लाईफ सदावहर जीवन बीमा योजना’ सावर्जनिक गरेको छ।

राजधानीमा आईतबार कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच उक्त बीमा योजना सार्वजनिक गरेको हो । सो योजनामा घातक रोगका लागि ५० लाखसम्मको बीमालेख लिन सकिनेछ।

यस योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमा शुल्क भुक्तानी गरेपश्चात बीमा लेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनुका साथै एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३ औं महिनादेखि बीमा लेखको सम्पुर्ण मूल्य प्राप्त हुने कम्पनीले जनाएको छ। सम्पूर्ण मूल्य प्राप्त भएको बीमालेखमा सम्पूर्ण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ।

सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जीवनभर ढुक्क रहन हुन्छ।। सेवाग्राहीहरूको सो चाहना अनुसारको बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ ल्याएको बताए।

उनका अनुसार योजनामा प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनुका साथै आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि सम्पूर्ण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता रहेको जानकारी दिए।

‘यो योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने, उनले भने। बीमा पोलिसी खरिदका लागि बीमीतको उमेर ११ वर्ष र अधिकतम उमेर ६५ बर्ष तोकिनुका साथै यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ। बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ।

त्यस्तै बीमा शुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले जानकारी दिएको ।बीमा लेख चालू भएको अवस्थामा बीमा शुल्क भुक्तानी अवधि भित्र बीमीतको मृत्यु भएमा बीमा लेख अन्तर्गत पूरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले जनाएको छ ।

एकल बीमा शुल्क योजनामा बीमा शुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमा शुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ सबै किस्ता बीमा शुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्तिपश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमाङ्कबराबरको रकम प्रदान कम्पनीले जनाएको छ।

कम्पनीको चुक्तापूँजी ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार ८ सय १० रुपैयाँ रहेको छ भने लगानी ६७ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोड रुपैयाँ भन्दा बढी रहेको कम्पनीले जनाएको छ।

कम्पनीले १ लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

जेष्ठ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्