१९ औँ शताब्दीको पानी जहाज डुब्यो जर्मनीको नदीमा

ठूलो रकम खर्चेर मर्मत गरिएको १९ औँ शताब्दीको पानी जहाज जर्मनीको नदीमा डुबेको छ । सामान बोक्ने अर्को पानी जहाजसँग ठोक्किएर डुबेको पानी जहाज हालै १७ लाख अमेरिकी डलर खर्च गरेर मर्मत भएको थियो ।

नम्बर फाइभ स्कूनर नाम गरेको पानी जहाजमा रहेका धेरै मानिस घाइते भएका छन् । जमर्नीको उत्तरी शहर ह्यामबर्गमा रहेको एल्बे नदीमा स्थानीय समय अनुसार शनिबार राति दुर्घटना भएको हो । पानी जहाजमा रहेका सबै ४३ जनालाई नजिकै रहेका डुंगाले उद्धार गरेका थिए ।

यो पानी जहाज सन् १८८३ मा निर्माण भएको थियो ।

जेठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्