हावाहुरीले पर्सामा एक युवकको मृत्यु, ५ घाईते

पर्सा– आइतबार साँझ आएको हावाहुरीबाट पर्साको ठोरी गाउँपालिकामा एक जना युवकको ज्यान गएको छ । ठोरी गाउँपालिका वडा नं मावली घरमा बस्दै आएका २१ वर्षका राजु बिष्टको ज्यान गएको हो । भैँसी चराउन गएका बेला हावाहुरीसँगै परेको चटयाङले लागेर बिष्टको ज्यान गएको हो ।

चटयाङले लागेर बिष्टको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दार्चुला जिल्ला घर भएका बिष्ट कक्षा ११ को परिक्षा सकेर ठोरीस्थित मावली घरमा आएका थिए । यस्तै आइतबार साँझ आएको हावाहुरीले वीरगञ्ज महानगरपालिका वडा नं–७ मा निर्माणाधिन घर भत्काएको छ ।

महेश शाहको निर्माणधिन घर भत्किदा त्यसमा च्यापिएर १५ वर्षीय सुनिल पटेल, १८ वर्षका दिपेन्द्र पटेल र १६ वर्षका ओमप्रकाश शाह घाईते भएका छन । यस्तै वीरगञ्ज महानगरपालिका १६ ईनर्वा टोलमा नेकमहम्द अन्सारीको घर हावाहुरीले भत्काउदा उनकी श्रीमती र छोरी घाईते भएका छन ।

घर भत्किदा अन्सारीकी श्रीमती ३८ वर्षकी पत्नी शायदा खातुन र छोरी १४ वर्षीया गुल्सन खातुन घाईते भएकी हुन् ।हावाहुरीबाट घाईते भएका पाँचै जनाको नारायणी अस्पतालमा उपचार भईरहेको छ ।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू