झाँडापखाला लागे के गर्ने ?

सांकेतिक तस्बिर

काठमाडौँ– शुक्रबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ५ मा विन्जेलका बिहेको भोज खाँदा ५० जनालाई पखाला लाग्यो। एकैपल्ट यतिधेरै मानिस बिरामी भएपछि महामारी फैलिएको बताइएको छ। स्थानीय मिलन सुवेदीका अनुसार बिरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अस्पतालको एउटै शय्यामा तीन जनासम्म बिरामी राखेर उपचार भइरहेको थियो।

एकै पल्ट ५० जना झाडापखालाबाट प्रभावित हुनु संक्रमीत व्यक्तिबाट अन्य व्यक्तिमा संक्रमण फैलिएको हुनसक्ने शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। उनले भने, ‘उनीहरुले बाहिरबाट खाने कुराहरु ल्याएका थिए या थिएनन् थाहा भएको छैन। यदी थिएनन् भने कस्तो पानी प्रयोग गरेका थिए र उनीहरुले प्रयोग गरेको पानी अरुले उपभोग गरिररहेका छन् कि छैनन् भनेर पत्ता लगाउन जरुरी छ।’

उनका अनुसार उक्त ठाउँमा कोही संक्रमण व्यक्ति थियो, जसले गर्दा झाडापखाला फैलियो। उक्त संक्रमित व्यक्तिले खाना बनाएको खण्डमा झाडापखाला पैmलिने सम्भावना एकदमै न्यून हुन्छ। तर यदी पानी, वा कुनै ठाउँबाट रेडिमेट खाने कुराहरु ल्याएर खाएको खण्डमा भने झाडापखाला फैलिने सम्भावना धेरै हुन्छ।

के हो झाडापखाला?

तरान्तार तीनपटक भन्दा बढी पातलो दिसा जानु, बान्ता हुनु, पेट दुख्नुलाई झाडापखाला वा झाडावान्ता भनिन्छ। झाडा पखाला हुँदा शरीरमा पानीको कमी हुन्छ । यसलाई जलवियोजन हुनु भनिन्छ। जलवियोजनका हुँदा शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन्। यसलाई समयमै पूर्ति गर्न नसक्दा बिरामीको ज्यान समेत जान सक्ने खतरा हुन्छ। झाडापखाला केही घण्टादेखि २÷३ दिनसम्म हुन सक्छ। झाडापखाला लाग्नुका धेरै कारणहरुमध्ये मुख्य तीन कारणहरुमा जीवाणु, विषाणु र परजीविहरु पर्दछन्। आन्द्राको संक्रमण गराउने सबैभन्दा प्रमुख कारण हुन्।

लक्षणहरू

पेट दुख्ने तथा पातलो दिसा हुने,
शरीरमा तरलमात्राको कमी भई जलवियोजन (डिहाइड्रेशन) हुने,
ओठ, मुख सुख्खा हुने,
छिनछिनमा तिर्खा लाग्ने,
वाकवाक लाग्ने तथा शरीर कमजोर र शिथिल हुने

झाडापखाला लागेका बेला ध्यान दिनुपर्ने कुराहरु

जीवनजल मिलाएर पानी पिउने,
झोलिलो पदार्थ नरम दाल, गेडागुडिको रस र फलफूलको जुस खाने,
कागती, अनार, मौसम, काँक्रो, पाकेको मेवा, जस्ता जस्ता फलफूल खाने,
भात, दाल, दही खाने ।

बच्ने उपाय

बाँसी खाने कुराहरु नखाने,
शुद्ध पिउने पानी,
संक्रमित व्यक्तिदेखि टाढै बस्ने,
खाना खानु अगाडि साबुन पानीले हात धुने ।

जेठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्