पाच करोड भन्दा बढी ठगेर फरार भएका अस्पताल सञ्चालक सर्राफ पक्राउ

सांकेतिक तस्बिर

बीरगञ्ज– बिभिन्न ब्यक्ति तथा सँघ सँस्थाहरुको पाँच करोड भन्दा बढी ठगि गरि फरार भएका अस्पतालका सञ्चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जको छपकैयाको एसिया मेडिकेयर अस्पतालका सञ्चालक सुरज कुमार सर्राफलाई ठगि गरी फरार रहेकोमा पक्राउ गरेको हो । सर्राफले ४० जना व्यक्ती तथा संस्थाहरुसंग पाँच करोड सतहत्तर लाख ठगि गरी फरार भएकोमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाराको कलैया उप–महानगरपालिका १३ घर भएका सर्राफ हाल बीरगञ्ज महानगरपालिका वडा नं – २ मा बसोबास गर्दै आएका थिए ।

सोही ठाउँमा सर्राफले केही महिनाअघि एसिया मेडिकेयर अस्पताल पनि सञ्चालनमा ल्याएका थिए । उनले बिभिन्न ब्यक्ति तथा सँघ सँस्थाबाट रकम लिएपछि अस्पताल बन्द गरि एकाएक गएको मँगलबार राति फरार भएका थिए । फरार हुनु भन्दा एक हप्ता अघि सर्राफले अस्पतालको गेटमा प्राबिधिक कारणले अस्पताल बन्द भएको सुचना टाँसेका थिए ।

सोक्रममा सर्राफले अस्तालमा रहेका बिरामीहरुलाई डिस्चार्ज गराएको तथा नयाँ बिरामीहरुको भर्ना पनि लिएका थिएनन। गत मँगलबार राति नै अस्पतालभित्र रहेका अप्रेसन थिएटर, भेन्टिलेटर, एनेस्थेसियाको मेसिन, सिसी क्यामेरा, कम्प्यूटर र ल्याब सामग्री लगायतका सामानहरु ट्रकमा लोड गरी लगेका थिए । सर्राफ अस्पताल बन्द गरी अस्पतालभित्रका सामानहरु समेत लिएर फरार भएपछि पर्सागढी नगरपालिका वडा नं.६ का राकेश कुमार यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।

१० लाख ठगि गर्ने अर्का एकजना पनि पक्राउ

यसैगरि १० लाख ठगि गरि फरार रहदै आएका अर्का एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १० लाख ठगि गरी फरार भएका बीरगञ्ज महानगरपालिका– १० का नितेश सर्राफलाई पक्राउ गरेको हो । पक्राउ परेका सर्राफले सिरहाको विद्यानगर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नम्बर.३ वस्ने रामकेवल मण्डलको रु १० लाख ठगि गरेका थिए। उनीमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्