चोरीको मोटरसाईकल किनबेच गर्ने गिरोहका पाँच जना पक्राउ

साङ्केतिक तस्बिर

वीरगञ्ज– नेपाल  र भारतका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी विक्रि गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ बस्ने १९ वर्षीय श्याम सुन्दर यादव, १८ वर्षीय गुल्सन प्रसाद यादव, बारागढी गाउँपालिका वडा नम्बर २ मलाही टोल बस्ने २० वर्षीय सुरेश मुखिया बिन, सोही ठाउँका १८ वर्षीय धर्मेन्द्र मुखिया बिन र १९ वर्षीय नन्दकिशोर सहनी रहेका छन्।

विज्ञापन

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बारागढी गाउँपालिका वडा नम्बर  दुई दौरवा मठ अगाडीबाट उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई बिआर ०५–७५३८ नम्बरको भारतीय मोटरसाइकल र एउटा नम्बर प्लेट नराखिएको अन टेष्ट मोटरसाईकलसहित नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

पक्राउ परेका पाँचै जनालाई चोरी मुद्दा शिर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको राठौरले जानकारी दिए।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्