मालबाहक सवारी रोक्‍ने सरकारको सूचनाप्रति चेम्वर अफ कमर्सको आपत्ति

काठमाडौँ-मालबाहक सवारी सञ्‍चालनमा रोक लगाउने सरकारको सूचनाप्रति चेम्वर अफ कमर्सले गम्भीर आपत्ति जनाएको छ। नेपाल चेम्वर अफकमर्सका अध्‍यक्ष राजेश काजी श्रष्ठले विज्ञप्ति निकाले गम्भीर आपत्ति जनाएको हो।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार भौतिकपूर्बाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभागबाट काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज सरल तुल्याउन सार्वजनिक बिदाको दिन वाहेक बिहान ८.०० बजे देखि वेलुका ७.०० बजे सम्म आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएको बाहेक अन्य सवै प्रकारका मालबाहक सवारी साधनहरुलाई सञ्चालन तथा प्रवेशमा रोक लगाइएको सूचनाप्रति नेपाल चेम्वर अफकमर्सको ध्यानाकर्षण भएको व्यहोरा बिनम्र अनुरोध गर्दछौँ।’

साथै उसले सवारी आवागमन संचालनमा सहजता ल्याउन सडक निर्माण, बिस्तार तथा मर्मत गर्ने एवम अन्य पूर्वाधार बिकास गर्ने, प्रबिधिमा सुधार जस्ता वैकल्पिक व्यवस्था गर्ने तर्फ सोंच नराखी उपत्यकाको सहज आपूर्ति प्रकृयालाइ अवरोध हुने गरी जारी भएको सूचनाबारे पुर्नर्विचार गरि दिन आग्रह समेत गरेको छ।

राजधानी भित्रिने औद्योगिक उत्पादन लगायत खाद्यान्‍न र अन्य दैनिक उपभोग्य वस्तुहरु तथा निर्माण सामाग्री आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने बताएको छ। यस्तै त्यसको प्रत्यक्ष प्रभाव रिटेल व्यवसायी तथा उपभोक्तालाई पर्ने साथै वेलुका ७.०० बजे पछिको ढुवानीमा लोड अनलोड गर्ने श्रमिकको अभाव , रिटेल आउटलेट वन्द भइ सक्ने, सुरक्षाको प्रत्याभूति, बत्ती लगायतको उचित प्रवन्ध भइनसकेको पृष्ठभूमिमा सहज कार्यान्वयन हुन नसक्ने चेम्बर अफ कमर्सको भनाइ छ।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्