काँकरभिट्टामा प्रितम आचार्यलाई भव्य स्वागत

नेपाली बाल गायक प्रितम आचार्यलाई सोमबार झापाको काँकरभिट्टामा भव्य स्वागत गरिँदै। प्रितम भारतको जी टिभीबाट प्रशारित चर्चित रियालिटी शो सारेगमप लिटल च्याम्पस २०१९ कार्यक्रममा सेकेन्ड रनरअप भए। तस्बिर-देश सञ्चार

झापा-भारतको जी टिभीबाट प्रशारित चर्चित रियालिटी शो सारेगमप लिटल च्याम्पस २०१९ कार्यक्रममा सेकेन्ड रनरअप भएका नेपाली बाल गायक प्रितम आचार्यलाई नेपालमा भव्य स्वागत गरिएको छ।

सोमबार झापाको काँकरभिट्टामा उनलाई स्वागत गरिएको हो। संगीतकर्मी, उनका आफन्त तथा सहपाठीहरुले उनलाई स्वागत गरेका हुन्।

विज्ञापन

उनका अर्का नेपाली प्रतिस्पर्धी आयुष केसी चौथो भएका छन्। फाइनल राउन्डको कार्यक्रम गत आइतबार जी टिभीबाट प्रशारण भएको थियो।

नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनलमा स्थान बनाएका थिए। उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दातेले फाइनलमा फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

फाइनलमा सुगन्धा दाते प्रतियोगिताको विजेता बनिन्। यो प्रतिस्पर्धामा पाँचदेखि १६ वर्षसम्मका बालबालिकाको सहभागिता रहन्छ। यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए। १२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्