सलमान खानको ‘भारत’ले पाँच दिनमै गर्‍यो १५० करोडको व्यापार

एजेन्सी– सलमान खान, कट्रिना कैफ र सुनिल ग्रोबरको मुख्य अभिनय रहेको फिल्म ‘भारत’ ले बक्स अफिसमा पाँच दिनमा १५० करोडको कमाई गरेको छ।

गत बुधबार ईदको दिनदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन बुधबार ४२.३० करोड, दोस्रो दिन बिहीबार ३१ करोड, तेस्रो दिन शुक्रबार २२.२० करोड, चौथो दिन शनिबार २६.७० करोड र पाँचौ दिन आइतबार २७.९० करोडसहित कुल १५०‍.१० करोडकाे  व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

ईदमा प्रदर्शनमा आएका सलमान खानका फिल्म मध्ये भारतले पहिलो दिन सर्वाधिक कमाउने फिल्मको रेकर्ड समेत बनाएको छ। यो रेकर्ड यसअघि सलमानको फिल्म सुल्तानको नाममा थियो। सुल्तानले पहिलो दिन ३६.५४ करोडको व्यापार गरेको थियो।

जेठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्