विश्वकप क्रिकेट

वर्षाका कारण दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीचको खेल रोकियो

एजेन्सी– १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार भइरहेको दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीचको खेल बर्षाका कारण रोकिएको छ।

वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ थालेको थियो।

दक्षिण अफ्रिकाले सात ओभर तीन बलमा दुई विकेटको क्षतिमा २९ रन बनाएको अवस्थामा खेल रोकिएको छ।

दक्षिण अफ्रिकाका हसिम अम्ला ६ र एडेन मार्कराम पाँच रन बनाएर आउट भएका छन्।

वेष्ट इण्डिजका शेल्डन कोट्रेजले दुई विकेट लिएका छन्।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्