मालीमा भएको जातीय आक्रमणमा परि कम्ति १०० को मृत्यु

एजेन्सी– अफ्रिकी राष्ट्र मालीमा डोगाेन जातिय समूहले गरेको आक्रमणमा परि कम्तिमा १०० जनाको ज्यान गएको छ।

उक्त आक्रमण मालीको साँगा सहर नजिकैको सोबिन–कोउमा भएको फ्रेन्च भाषाको पत्रिका आरएफआईलाई उदृत गर्दै बिबीसीले जनाएको छ।

स्थानीय अधिकारीका अनुसार मृतकका शवहरु जलेकाे अवस्थामा भेटिएका छन् र बाँकी शवहरु खोजिकार्य भइरहेको छ।

हालैका महिनामा मालीमा यस्ता आक्रमणहरु भइरहेका छन्। यस्ता आक्रमणमा केही जातिय समूहको संलग्नता रहेको बताइएको छ।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्