गुठी विधेयक विरुद्ध असनमा प्रदर्शन (फोटो फिचर)

गुठी विधेयक पारित भए सरकार ढाल्‍ने गुठियारको चेतावनी

गुठी विधेयक पारित भए सरकार ढाल्‍ने गुठियारको चेतावनी

काठमाडौं- स्थानीय नेवार समुदायले गुठी विधेयक पारित भए दुई तिहाइको सरकार ढाल्‍ने चेतावनी दिएका छन्।  सोमबार पनि काठमाडौंको असनमा प्रर्दशन गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन।

आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएकोभन्दै सोमबार अपरान्ह असन–इन्द्रचोक क्षेत्रमा विरोध प्रर्दशन गरे।

कार्यक्रममा बोल्दै स्थानीय शैलेश बज्राचार्यले सरकारले ल्याएको सो विधेयकले आफूहरुको मुटुमा प्रहार गरेको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरे। अर्का स्थानीय मधु राजभण्डारीले काठमाडौं उपत्यकामा रहेका नेवारी समूदायको घर जग्गा हडप्ने गरी सरकारले सो विधेयक ल्याएको भन्दै आक्रोश व्यक्त गरे।

गुठीलाई खारेज गरेर प्राधिकरण बनाउने सो विधेयकमा राखिएको प्रावधानप्रति नेवारी समुदायको विशेष आपत्ति छ।उनीहरुले सो विधेयक खारेज नगरे मुलुकको परम्परा, धर्म र संस्कृति नै गम्भिर संकटमा फस्ने चेतावनी पनि दिए।

कार्यक्रममा सोही विधेयक खारेज गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा भएको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको पनि आक्रोश व्यक्त गरिएको थियो।

जेष्ठ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्