घरबास सडकमा परेपछि….

दाङ– सत्यनारायण यादव सुख्खसँग बस्न सकेका छैनन् । ७ धुर जग्गा भएको लालपुर्जा, नक्सा बोकेर जिल्ला सदरमुकाममा धाइरहेको अवस्थामा भेटिए । गाउँपालिका, वडा कार्यालय धाएर समस्या समाधान भएन त्यसपछि उहाँ जग्गाको पुर्जा बोकेर जिल्ला सदरमुकाम धाउन थालेको हुन् ।

राजपुर गाउँपालिका वडा नम्बर ४ फोहरा निवासी यादवको ७ धुर जग्गाबाट बाटो गयो । तीन धुर जग्गा बाटोमा गाभिएको छ । घरबास बाटोमा पुगेपछि उनलाई चैन छैन ।‘वडाले बाटो हाल्यो । सम्पत्तिको नाममा यहीँ ७ धुर जग्गा छ । यहीँ जग्गाबाट बाटो हिडाइदिए । घर बास उजाडियो’उनले भने–‘समस्या दर्साउन वडा कार्यालय पुगे । त्यहाँ बाट सुनुवाइ भएन । गाउँपालिका गए समस्या समाधान भएन । अहिले सबै कागज बोकेर जिल्ला आएको छु ।’

१० जनाको परिवार छ । तिन दाजु भाइको परिवार यहीँ ७ धुरको जग्गामा बसेका छन । वाटो बनाउदा तीन धुर जग्गा जानेभएपछी चिन्तित बन्नु भएको छ । घर संगै जोडिएको १ कठ्ठा ६ धुर जग्गामा सात पुस्ता देखि चर्चिदै आएपनि त्यो जग्गा हाल वडा अध्यक्ष रामेशवर यादव र उनका दाइ गुरुप्रसादले आफ्नो बनाएको आरोप उनको छ ।

अदालतमा मुद्दा परेपछि त्यो मुद्दा यादवले हार्नु भयो।‘सात पुस्ता बसेको जग्गा हो । तर, पछि त्यो जग्गा अरुकै हो भनियो’उनले भने–‘अदालत सम्म पुगे तर, मुद्दा हारियो ।’ अहिले सम्पत्तिको नाममा रहेको जग्गा बाटोले काटिएपछी उनी बिक्षिप्त छन् ।‘के गर्ने कसरी मिलाउने । मेरो समस्याको सुनुवाइ भएको छैन’उनले भने–‘अदालतमा मुद्दा दर्ता गर्ने पैसा छैन ।’

यिनै यादव मोहिको मुद्दा लडिरेका छन । तर, फैसला भएको छैन । १ बिगाहा ७ धुर जग्गामा मोही मुद्दा छ । राजपुर गाउँपालिकाको १२ लाख बजेटबाट बाटो निर्माण गरिएको छ । यो बाटो बनाउन गाउँलेहरुको सहमति रहेको वडा अध्यक्ष रामेश्वर यादवले बताए ।‘हात, बित्ता जति मात्रै उनको जग्गा कटेको छ । बाटो बनाउन सबै गाउँलेको सहमति छ’यादवले भने–‘बाटो बनिसक्यो । बिवाद केही छैन ।’

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्