महिला विश्वकप फुटबल

अर्जेन्टिनासँग बराबरीमा रोकियो जापान, इतिहास बनायो अर्जेन्टिनाले

फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना जापानसँग गोलरहित बराबरीमा रोकिएको छ । समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना जापानसँग गोल बिनै रोकिएको हो ।

महिला विश्वकप फुटबलमा जापान बलियो टिम मानिन्छ । तर अर्जेन्टिनाले भने महिला विश्वकपमा पहिलो अंक जोडेको हो बराबरीबाछ । जापानले सन् २०११ म अमेरिकालाई पराजित गरेर उपाधि जितेको थियो । चार वर्षपछि अमेरिकाले बदला लिएको थियो र उपाधि जितेको थियो ।

यस्तै समूह ई अन्तर्गको खेलमा क्यानडाले क्यामरुनलाई १-० ले पराजित गरी प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्