विश्वकप क्रिकेटः दोस्रो जितको खोजीमा बंगलादेश र श्रीलंका

१२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । बंगलादेश र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ।

दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको बंगलादेश २ अंकसहित आठौँ स्थानमा रहेको छ ।
यस्तै श्रीलंका ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेर ३ अंकसहित छैठौँ स्थानमा रहेको छ ।

यसअघि सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नतिजाविहिन बनेको थियो ।

वर्षाले प्रभावित खेल स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका छन्।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्