उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादव गम्भीर, आईसीयूमा भर्ना

भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवलाई दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको छ ।

उनी हाई शुगर तथा कार्डियोको समस्याले पीडित छन् ।

उनलाई प्राइवेट चार्टेड विमानमार्फत दिल्ली लगिएको हो । यादवलाई अहिले आईसीयूमा राखिएको छ ।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्