रिकभर भयो अमिताभको ट्विटर अकाउन्ट, गरे पहिलो ट्वीट

सोमबार साँझ ह्याक भएको बलिउडका महानायक अमिताभ बच्चनको अफ‍िश‍ियल ट्विटर अकाउन्ट रिकभर भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्किस साइबर आर्मी अयिल्दिज टोलीले यसको जिम्मेवारी लिएको थियो ।

अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग जोडिएको केही सन्देश पोस्ट भएको थियो। अकाउन्ट ह्याक भएपछि अमिताभको अकाउन्टको प्रोफाइल बदलिएको थियो।

अभिताभको फोटोको ठाउँमा इमरान खानको तस्बिर राखिएको थियो। लेखिएको थियो, – ‘एक्टर‘। हेर त केही मानिसहरु पाकिस्तानलाई यसरी माया गरिरहेका छन्।’

तर २४ घण्टाभित्रै अमिताभ बच्चनको ट्व‍िटर अकाउन्ट र‍िकभर भएको छ ।

अभिताभले मंगलबार बिहान दुईवटा ट्विट गरेका छन् ।

 

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्