अत्याधिक गर्मीका कारण रेलभित्रै चारजनाको मृत्यु

फाइल तस्बिर

भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्याधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ।

मृतकको शव झांसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो ।

चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए ।

रेलभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्