विदेशको उदाहरण दिँदै छोरीमाथि बलात्कार, मन्त्रालयमा कार्यरत उपसचिव पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं- छोरीले बलात्कार गरेको उजुरी गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो।

उनले आफ्नी  १८ वर्षीया छोरीलाई तीन चार वर्षयता बलात्कार गर्दै आएपनि परिवारभित्रै लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ। ‘तर असह्य भएपछि  बाबुविरुद्ध  छोरी प्रहरीकहाँ आईपुगेको देखिन्छ’, परिसर स्रोतले भन्यो।

विज्ञापन

गत जेठ १९ गते प्रहरीमा उजुरी परे पनि उनी  सोमबार मात्र पक्राउ परेका हुन्। महोत्तरी स्थायी घर भएका उनी ललितपुरको धोविघाटमा बस्दै आएका थिए।

विदेशमा बाबु र छोरीबीच शारिरिक सम्पर्क हुने गरेको उदाहरण दिँदै उनले छोरीसँग जबर्जस्ती करणी गर्ने गरेको पीडितले प्रारम्भिक बयानमा बताएकी छिन्।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्