सलमान खानको फिल्म ‘भारत’को व्यापार छैठौँ दिन नौं करोड मात्रै

एजेन्सी– गत बुधबार ईदको दिनबाट प्रदर्शनमा आएको सलमान खानको फिल्म ‘भारत’को व्यापारमा छैठौँ दिन भारी गिरावट आएको छ।

पाँचौँ दिन आइतबार २९.९० करोड भारतीय रुपैयाँको कमाई गरेको फिल्मले छैठौँ दिन सोमबार केवल ९.२० करोडको मात्रै व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

पाँचौ दिनसम्म बक्स अफिसमा उत्कृष्ट कमाई गरेको भारतको व्यापार छैठौँ दिनसम्म आइपुग्दा ओरालो लाग्ने संकेत देखिएको छ।

पहिलो दिन बुधबार ४२.३० करोडको कमाई गरेको फिल्मले दोस्रो दिन ३१ करोड, तेस्रो दिन २२.२० करोड, चौथो दिन २६.७० करोड, पाँचौँ दिन २९.९० र छैठौँ दिन सोमबार ९.२० गरी जम्मा १५९‍.३० कराेडकाे व्यापार गरेकाे छ।

अलि अव्वास जफरको निर्देशनमा बनेको फिल्ममा सलमान खान, कट्रिना कैफ र सुनिल ग्रोबरको मुख्य अभिनय रहेको छ।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्