गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

साङ्केतिक तस्बिर

पोखरा– गाडीको ठक्करबाट पोखरामा मंगलबार एक स्कुटर चालकको मृत्यु भएको छ।

काभ्रे जिल्ला घर भएका ग ८ प १९१४ नम्बरकाे स्कुटरका चालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनलाई पोखराको इन्द्रचोक नजिक बा १४ च ५८१२ नम्बरको भ्यानले ठक्कर दिएपछि जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्