( फोटो फिचर )

गुठी विधेयकविरुद्ध गुठियारहरु सडक आन्दोलनमा

काठमाडौं- सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकविरुद्ध  काठमाडौंका गुठियारहरु सडक आन्दोलनमा उत्रिएका छन्।

मंगलबार माइतीघर मण्डलामा उनीहरुले कालो ब्‍यानरसहित प्रदर्शनमा उत्रिएका हुन।

नेपाली राष्ट्रिय मुक्ति मोर्चा नेपालको अगुवाइमा प्रदर्शन गर्दै उनीहरुले राज्‍य गुठी संस्कारलाई मास्न खोजेको आरोप लगाएका छन।

गुठी विधेयक खारेज गर, भूमि र नेवा संस्कृतिमाथिको आक्रमण बन्द गर भन्दै कालो ब्‍यानर र झण्डा लिएर प्रदर्शनमा गरेका छन्।

सडकमा उत्रिएका प्रदर्शनकारीलाई मोहन वैद्य नेतृत्वको  नेकपा माओवादीका नेता सीपी गजुरेल, आदिवासी जनजातिका नेताहरुले  साथ दिएका थिए।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु:

 

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्