सत्ता पक्षकै सांसदहरुले गरे मन्त्रीको खेदो

मन्त्रीलाई सांसदको चेतावनी : हुल बाँधेर आउँदैछौं तयार रहनु होला! (भिडियोसहित)

मन्त्रीलाई सांसदको चेतावनी : हुल बाँधेर आउँदैछौं तयार रहनु होला! (भिडियोसहित)

नेकपाका सांसदहरु झपड रावल र राजेन्द्र गौतम ।

काठमाडौँ – सत्तारुढ नेकपाका सांसदहरुले मन्त्रालगत रुपमा विनियोजन भएको बजेटप्रति चर्को असन्तुष्टि पोखेका छन् । मंगलबारदेखि सुरु भएको मन्त्रालयगत विनियोजित बजेटको छलफलका क्रममा सत्ता पक्षकै सांसदहरुले आफ्नो क्षेत्रमा बजेट नपारेको भन्दै मन्त्रीको खेदो खनेका हुन् ।

सांसदहरुले मन्त्री र ठूला नेताले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गरेर सन्तुलित विकासको अवधारणालाई उल्लंघन गरेको आरोप लगाए । मंगलबार युवा तथा खेदकुद, शहरी विकास र अर्थ मन्त्रालयको बजेटबारे छलफल भएको थियो ।

गत वर्ष पनि सत्ता पक्षकै सांसदले मन्त्रालगत रुपमा विनियोजन गरेको बजेटमाथि चर्को विरोध गरेपछि संसदीय दलको बैठक राखेर विरोध नगर्न निर्देशन दिएको थियो ।

संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतमले नीति कार्यक्रमले सन्तुलित विकासको अवधारणा अघि सारे पनि मन्त्रालयगत विनियोजित बजटेले निराश बनाएको उल्लेख गरे । उनले युवा तथा खेलकुद र सहरी विकास मन्त्रालयले २० वटा हिमाली जिल्लालाई उपेक्षा गरेको आरोप लगाए ।

‘हिमाली २० जिल्लालाई बजेटले उपेक्षा गरेको छ । सात ५३ वटा स्थानीय तहमामा खेल ग्राम बनाउने भनेर ४५ करोड छुट्याएको छ। प्रति तह पाँच खाल पर्ने भयो । यसले कसरी विकास हुन्छ? गौतमले संसदमा सोधे ।

उनले सहरी विकास मन्त्रालयले पनि आफ्नो क्षेत्रलाई उत्तिकै उपेक्षा गरेको बताए । उनले भने, ‘संखुवासभा मन्त्रालयले चिनेको छैन ? खाँदबारीमा नयाँ शहर बनाउने योजना बनाउन आग्रह गरेका थियौं । म सोध्न चाहन्छु, शहरी विकास मन्त्रालयको प्राथामिकता हिमाली जिल्ला पर्छ कि पर्दैन ? मन्त्रीले जवाफ दिनुपर्छ ।’

सांसद गौतमले हिमाली जिल्लाका सांसदहरु एक साथ मन्त्रीसँग कुराकानी गर्न आउन लागेको जानकारी दिँद संसदबाटै तयारी अवस्थामा बस्न मन्त्रीलाई चेतावनी दिए ।

त्यस्तै नेकपाकै सांसद झपड रावलले सहरी विकास मन्त्रालयको बजेटको विरोधमा रोष्टममा मौन बसे । उनले म सहरी विकास मन्त्रालयको बजेटमा बोल्न चाहन्छु भने पनि त्यसपछि मौन बसे ।

सभामुखको भूमिका निर्वाह गरिरहेकी राधा ज्ञवालीले बोल्न आग्रह गरे पनि रावलले ‘किताबमा नअटेको हुनाले मौन बसेको हुँ’ भन्ने जवाफ दिए ।

ज्ञवालीले फेरि ‘सांकेतिक विरोध भइसकेको छ मान्य सदस्य अब बोल्नुहोस्’ भन्दा रावलले ‘सभामुख महोदय भए पो बोल्नु’ भन्दै संसदलाई नै हसाए ।

केही समय मौन बसेर आक्रोशित मुद्रामा बोल्न सुरु गरेका रावलले सहरी विकासमन्त्री महोमत इस्तियाक राईले ‘मैं खाउ मैं लगाउ’ भन्ने मानसिकताबाट बजेट बनाएको आरोप लगाए ।

‘चैत महिनामै मन्त्रालयको ढोको ढकढक्याएँ । वादी समुदायको बसोबास मेरो निर्वाचन क्षेत्रमा छ । उनीहरु आकाशलाई ओड्ने र जमिनलाई सिरानी हालेर बसेका छन् । त्यहाँ बजेट दिनुहोस् भन्दा सुनुवाइ भएन, उनले भने ।

उनले सहरी विकास मन्त्रालयको बजेट मन्त्री र नेता केन्द्रित भएको उल्लेख गरे । ‘बाँकेको एउटा क्षेत्रमा मात्र योजना केन्द्रित गरेर देशको विकास हुँदैन, अरु निर्वाचन क्षेत्रमा पनि बजेट जानुपर्छ । बजेट बनाउने तपाईंहरुको योग्यता हेर्दा दयाँ लागेर आएको छ, रावलले भने ।

त्यस्तै सत्ता पक्षकै सांसद टेकबहादुर बस्नेतले पनि मन्त्रालगत विनियोजनले केन्द्रिकित मानसिकता त्याग्न नसकेको गुनासो गरे । ‘हामीले पुरानो धरातल छोड्न सकेनौं । यसरी परिणाम आउँदैन । यसो नगर्नुहोस्, ज्यादति हुन्छ भनेर अर्थमन्त्रीले भन्नुसक्नुपर्छ ।

अहिले पनि चार पाँच लाखका योजना किन?, उनले प्रश्न गरे । उनले सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको बजेट असन्तुलित र भद्रगोल भएकाले फिर्ता सुझाव दिए ।

अर्थ समितिका सभापति समेत रहेका कृष्णप्रसाद दाहालले पनि जो मन्त्री भयो उसैको निर्वाचन क्षेत्रमा पैसा जाने प्रथा अहिले पनि कायम रहेको भन्दै विरोध जर्ना । उनले मन्त्रीहरुतर्फ लक्षित गर्दै भने, ‘तपाईंहरु मन्त्री नहूँदा के फरक पर्छ विचार गर्नुहोस् ।’

प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु पनि मन्त्रालगत रुपमा विनियोजन गरिएको बजेटको आलोचना गरे । कांग्रेसका सांसदहरु देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, राजेन्द्र केसीलगायतले मन्त्रालगत बजेट अन्तुलित र भद्दा भएको टिप्पणी गरे ।

हेर्नुहोस् भिडियो

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्