एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौँ– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्नेछन्।

सम्झौतामा एनसीसी बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रवन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन्।

एनसीसी बैंकले १ सय २० वटा शाखा र ८१ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

जेठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्