
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा र केही दिनअघि राजीनामा दिएकी बेलायतकी प्रधानमन्त्री टेरेसा मेबीच भेटघाट भएको छ।
स्वीट्जल्याण्डको भ्रमणपछि बेलायत पुगेका प्रधानमन्त्री ओली र मेबीच मंगलबार भेट भएको प्रधानमन्त्रीसँगै भ्रमणमा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।
प्रधानमन्त्री मेले जेठ २४ गते प्रधानमन्त्री पद र कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएकी थिइन्।
तर कामचलाउ हैसियतमा रहेकी उनी अर्को प्रधानमन्त्री नहुञ्जेलसम्म पदमा रहनेछिन्। प्रधानमन्त्री ओली र मेबीच दुई पक्षीय हितका बिषयमा छलफल भएको छ।
युरोपेली संघ (इयु) बाट बेलायत बाहिरिने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि उनले राजिनामा दिएकी थिइन्।
प्रधानमन्त्री ओलीले त्यसअघि अक्सफोर्ड विश्वविद्यालय युनियनलाई संवोधन गर्दै नेपालले लोकतन्त्रका सबै पक्षमा जोड दिएको बताएका थिए।