दिपक ब्रजाचार्य भन्छन्,‘जतिबेला पनि गीत गाउन आग्रह नगर्नुस्’

काठमाडौँ- गायक दिपक बज्राचार्यले जहाँ पनि गीत गाउन आग्रह नगर्नलाई आग्रह गरेका छन्।

मंगलबार चलचित्र मारुनीको गीत सार्वजनिक कार्यक्रमपछि भएको प्रेस मिटमा उनलाई गीत गाउन आग्रह गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

‘म तपाईको मायाको सम्मान गर्छु तर बिना संगीत यहाँ गीत गाउन सहज हुन्‍न।’ उनले भने, ‘कन्सर्टमा अथवा अन्य समारोहमा भेटिएको बेलामा मलाई जति भन्नुहोस् म सुनाउन सक्छु, त्यतिबेला मेरो संगीत व्याण्ड मसँग हुन्छ तर मेरो आग्रह छ, जहाँ पनि मलाई गीत गाउन नलगाउनुस्।’ उनले यस्तो अवस्थामा गीत गाउन सहज नहुने बताए।

पछिल्लो समय ‘मन मगन’ गीत गाएपछि सबैको मनमा छाप पारेका दिपकले ‘मारुनी’ मा ‘जाम न माया जाम’ बोलको गीत गाएका छन्। गीत रिक्कि श्रेष्ठले लेखेका छन्। यो गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन्।

जेठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्