रिलायबल नेपाल लाइफ इन्सुरेन्स र नेपाल क्लियरिङ् हाउस

काठमाडौँ–रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ् हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी एनसीएचसँग सम्झौता भएको छ।

सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि. यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने,पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एसीएचएल-आइपीएस र कनेक्ट आइपीस इ-पेमेन्ट प्रणालीसँग आबद्ध भए पछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्था संग आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्ने कम्पनीले जनाएको छ।

यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो(प्रिमियम) बीमा शूल्क पनि अनलाइन मार्फत सजिलै तिर्न सक्नुका साथै सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहीहरुका बैंक खाताहरुबाट हुने कम्पनीले जनाएको छ।

२०७४ देखि सञ्चालनमा आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रतिष्ठित अर्थशास्त्रीहरु, उद्योगपतिहरु, बैंकरहरु र व्यावसायीहरुद्वारा प्रबद्धित जीवन बीमा कम्पनी हो।

कम्पनीले आधुनिक प्रविधिमा आधारित विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ र एनसीएचएलसँगको साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा कम्पनीले लिएको छ।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्