सन नेपाल लाइफइन्स्योरेन्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता

काठमाडौं- सन नेपाललाइफइन्स्योरेन्स र ग्लोबल आईएमई बैंक बीच बैकास्योरेन्स सम्झौता भएको छ।

उक्त सम्झौतामासन नेपाललाइफइन्स्योरेन्स कम्पनीकोतर्फबाट मुख्यबजार विकास प्रवद्र्धकश्री राजु के.सी. र ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रवन्धक आरती राणाले हस्ताक्षर गरेका हुन।

यस सम्झौताअन्र्तगतग्लोबल आईएमई बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन्।

उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाललाइ फइन्स्योरेन्स कम्पनीका विभिन्‍न बीमा लेखहरु ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्