नायिका साम्राज्ञी भन्छिन्, ‘मारुनीको गीतमा नाच्दा डर लाग्‍यो’

काठमाडौँ– नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले मारुनिको गीत सुटिङको क्रममा आफूलाई डर लागेको बताइन्। मंगलबार काठमाडौँको सिडिसी क्याफेमा भएको गीत सार्वजनिक कार्यक्रममा आफूले यस्तो गीतमा नाँच्नुपर्दा यस्तो अनुभव भएको बताइन्।

‘आजभन्दा अगाडि अभिनय गरेको चलचित्रहरुमा यसरी नाँच्नु परेको थिएन सबै रोम्यान्टिक गीतमा मात्रै नाँचेका मैले यो गीतमा आफूलाई कसरी प्रस्तुत गर्ने भनेर चिन्ता लिएको थिए तर सके।’ उनले छायंकनको स्मरण गर्दै भनिन्, ‘मलाई पुनम दिदी र नवल सरले सजिलो गरी सिकाउनुभयो।’

विज्ञापन

उनले नायक पुष्पल खड्कासँग काम गर्न सजिलो भएको पनि बताइन्। यो भन्दा अगाडि नयाँ कलाकारसँग काम गर्दा भन्दा पुष्पलसँग काम गर्न सजिलो भएको बताइन्। यो भन्दा अगाडि साम्रागीले डिम्सबाट डेब्यू गरेकी शाहले ए मेरो हजूर २, मंगलम, तिमीसँग, कायरा र इन्टु मिन्टु लण्डन’ पछि मारुनिमा काम गरेकी हुन् भने यो पछि उनले रातो टिका निधारमा काम गर्दै छिन्।

भदौ १३ गते प्रदर्शन हुन लागेको चलचित्र मारुनिमा शाहसँगै पुष्पल खड्का, रेबिका गुरुङ, अर्जुन श्रेष्ठ र शंकर सेडाई बिनोद भट्टराई र सुशील क्षेत्री लगायतका कलाकार रहेका छन्। चलचित्रलाई पुनम गौतमले निर्माण गरेकी हुन् भने चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्