आयुषलाई विद्यालयले गर्‍यो नगदसहित सम्मान

भक्तपुर– भारतीय टेलिभिजन रियालिटी शो सारेगमपमा चौथो भएका आयुष केसीलाई विद्यालयले नगद सहित सम्मान गरेको छ। जी टिभीको रियालिटी सो सारेगमपको फिनाले पछि नेपाल फर्केका आयुषलाई अध्ययनरत विद्यालय मोर्डन स्कुलले कार्यक्रम आयोजना गरी एक लाख रुपैयाँ नगद सहित सम्मान गरेको हो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, विद्यालयका प्रचार्य अनिल कसपाल, सूर्यविनायक नगरपालिका वडा न.४ वडाअध्यक्ष उत्तम थापा लगायतले उनलाई सम्मान गरेका हुन् ।

विज्ञापन

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए । जसमा आचार्यले तेस्रो र केसीले चौथो स्थानसम्म पुगे ।

जेष्ठ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्