महिला विश्वकप फुटबल

विश्वकपको एउटै खेलमा १३ गोल, विपक्षी टिमले एक गोल पनि फर्काउन सकेन

अमेरिकाले महिला विश्वकप फुटबलको इतिहासमै फराकिलो गोल अन्तरको जित दर्ता गरेको छ । फ्रान्समा जारी विश्वकप फुटबल अन्तर्गत समूह एफमा रहेको अमेरिकाले मंगलबार राति भएको खेलमा थाइल्याण्डलाई १३-० ले पराजित गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको अमेरिकाले दोस्रो हाफमा १० गोल गरेको हो । अमेरिकाको जितमा एलेक्स मोर्गनले १२, ५३, ७४, ८१ र ८७ औँ मिनेटमा गरी पाँच गोल गरिन् ।

विज्ञापन

सन् २०१५ मा विश्व विजेता बनेको अमेरिकी टोलीका लागि रोज लावेली र सामन्था मेविसले दुई दुई गोल गरे । रोजले २० र ५६ औँ तथा सामन्थाले ५० र ५४ औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै लिन्डसी होरनले ३२ औँ, मेगन रापिनोइले ७९ औँ, मालोरी पुग्घले ८४ औँ तथा कार्ली लोयडले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरी १३-० को जित निश्चित गरेका हुन् ।

अमेरिकाले यसअघि विश्वकपमा सन् १९९१ मा चाइनिज ताइपेइलाई ७-० ले पराजित गरेको थियो । यस्तै जर्मनीले सन् २००७ मा अर्जेन्टिनालाई ७-० ले नै पराजित गरेको थियो ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू