आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – मुलुकका अधिकांश स्थानमा बुधबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी र मध्य भूभागहरूमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

विज्ञापन

पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै देशभर बुधबार राति पनि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू