कैलाली कञ्चनपुरमा फेरि आँधीबेहरी

काठमाडौँ – कैलाली र कञ्चनपुर जिल्लामा बुधबार बिहानदेखि फेरि आँधीबेहरी सुरु भएको छ ।

अचानक आँधीबेहरीसँगै वर्षा सुरु भएपछि जनजीवन सामान्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । उनले केहीबेर चलेको आँधीबेहरी अहिले रोकिएको बताए ।

यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए ।

बिहीबारको हुरीका कारण घरबारबिहिन भएकाहरु फेरि हुरी चलेपछि बिचल्लीमा परेका छन् । कैलालीका हुरी पीडितहरुले राहत पाउन सकेका छैनन् ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू