चीनमा भीषण वर्षा, पाँचजनाको मृत्यु

दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्।

वर्षाले सयौँ घरमा क्षति पुर्‍याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ।

विज्ञापन

अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ।

ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ।

मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्ग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू