सांकेतिक तस्बिर।

काठमाडौँ – डडेल्धुरामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। परशुराम नगरपालिका ३ की १३ वर्षीया संगीता भाटको बुधबार बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालय जान तयारी गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी भाटलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनी कक्षा ८ मा अध्ययनरत थिइन्।

जेठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्