घुँडामा चोट तर पनि रैपअप पार्टीमा प्रियंका चोपडा

प्रियंका चोपडाको अपकमिंग फिल्म द स्काई इज पिंकको शूटिंग सकिएको छ । मंगलबार फिल्म समूहले रैपअप पार्टीमा रमाइलो गर्यो । त्यहाँ प्रियंका चोपडा व्हाइट कलरको ड्रेसमा देखिइन् ।

व्हाइट कलरको छोटो पहिरनमा येलो कलरको हील्सले उनलाई परफेक्ट देखाएको थियो । तर तस्बिर हेर्दा थाहा हुन्छ कि प्रियंकाको शारीरिक अवस्था ठीक छैन । उनको घुँडामा चोट लागेको छ।

पार्टीमा पुगेकी प्रियंकाको घुँडामा बैन्डेज बाँधिएको थियो ।

फिल्म द स्काई इज पिंक ११ अक्टुबरमा रिलिज हुँदैछ । फिल्ममा प्रियंका चोपडा, फरहान अख्तर लगायतका कलाकारको अभिनय छ ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू